Mizmor Alef
Bible Fellowship


"व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्..."
यहोशू १:८


Mizmor Alef

हाम्रो नाम “मिज्मोर आलेफ” बाइबलबाट व्युत्पन्न गरिएको हो।
यो हिब्रू सब्द हो जसको अर्थ नेपालीमा "भजन एक" हो।


भजन १
साँचो आनन्दको सिद्ध मार्ग
“धन्य हो त्यो मानिस,
जो दुष्टहरूको सल्लाहमा हिँड्दैन,
जो पापीहरूको मार्गमा खड़ा हुँदैन,
अनि गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन।”

Trees River Mountain (Pietro-de-Grandi)

Bible (Rod-Long)

“तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ,
र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ।”


“त्यो खोलाको किनारमा रोपेको बोटजस्तै हुन्छ,
जसले आफ्नो ऋतुमा फल दिन्छ,
अनि जसको पात कहिल्यै ओइलाउँदैन।
त्यसले जे पनि गर्छ, त्यसमा त्यो सफल हुन्छ।”
…किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ...

Trees River Mountain (Pietro-de-Grandi)

स्वागत छ!


मङ्गलबार र आइतबार हाम्रो आराधना सेवामा सहभागी हुन हामी तपाईंलाई स्वागत गर्दछौं।हाम्रो आराधना सेवा परम्परागत चर्च सेवा भन्दा धेरै फरक छ। आउनुहोस् र हेर्नुहोस्। हाम्रो सेवामा हामी प्रार्थना गर्दा र वचन सुन्दा परमेश्वर र उहाँको वचनमा ध्यान दिन्छौं। हामी धेरै गीत गाउँदैनौं। तर हामी प्रार्थना र परमेश्वरको वचनमा बढी समय बिताउर्छौं। वचनको समयमा हामी परमेश्वरको वचन बुझ्नलाइ प्रश्नहरू प्रयोग गर्छौं। छलफलको क्रममा, हामी परमेश्वरको वचनमा गहिरो जान्छौं र आफ्नो जीवनलाइ गहिरेर हेर्छौं। हामी खुलेर र व्यक्तिगत रूपमा छलफल गर्छौं।हामी आशा गर्दछौं कि तपाई हामीसँग सहभागी हुँदा, हाम्रो आराधना सेवा मार्फत तपाई प्रोत्साहित हुनुहुनेछ।

उद्देश्य


हाम्रो चर्चमा, हामी येशूको इच्छा पूरा गरेर येशूलाई प्रेम गर्ने चेलाहरू हुर्काउन चाहन्छौं।
(१ यूहन्ना २:१५-१७)
समग्रमा मण्डली र येशूका व्यक्तिगत चेलाहरूको रूपमा, “भजन एक” ले भनेझैँ, हामी एउटा रूख जस्तै बन्न चाहन्छौं जुन खोलाको किनारमा रोपिएको हुन्छ र भजनले सुन्दर रूपमा चित्रण गरेझैं जसले आफ्नो ऋतुमा फल दिन्छ। हाम्रो चाहना (इच्छा) यहि हो कि परमेश्वरलाई सबै कुराहरू भन्दा माथि र पहिलो स्थानमा राखेर, वचन र काममा येशूको आराधना गरेर, र परमेश्वरको वचनमा गहिरो जरा गाडेर आघि बढ्ने।MABF मा, हाम्रो हृदयमा येशूको लागि चाहना र उहाँलाई आराधना गर्ने इच्छा सिर्जना गर्नु हो किनभने उहाँ परमेश्वर हुनुहुन्छ।

चर्च तालिका


विशेष दिनहरुJAN 02: नयाँ वर्ष र प्रभु-भोज
JAN 09: Online
FEB 04: प्रभु-भोज
MAR 29: असल शुक्रबार (रात्री सेवा) Online
MAR 31: पुनरुत्थान आइतबार
MAY 14: पेन्तिकोस र प्रभु-भोज
AUG 04: प्रभु-भोज
OCT 06: प्रभु-भोज
DEC 01: प्रभु-भोज
DEC 24: क्रिसमस
DEC 31: Online

नियमित सेवाMAY
SUN 5 (08:00-11:00)
TUE 14 पेन्तिकोस र प्रभु-भोज (8:00-11:00)
TUE 21, 28 (8:00-11:00)
JUNE
SUN 2 (08:00-11:00)
TUE 11, 18, 25 (8:00-11:00)
JULY देखि दुई आइतबार सेवा हुनेछ
TUE 2 (8:00-11:00)
SUN 7 (08:00-11:00)
TUE 16 (8:00-11:00)
SUN 21 (08:00-11:00)
TUE 30 (8:00-11:00)


2024 वचनको श्रृंखलाJanuary: विभिन्न
February-May: यूहन्नाको श्रृंखला
June: भजनसंग्रह
July-October: उत्पत्तिको श्रृंखला
November: विभिन्न
December: क्रिसमसको श्रृंखला

आराधना सेवाको सूचीपहिलो ३० मिनेट
संगति र प्रार्थना
दोस्रो घण्टा
आराधना गर्न आह्वानको गीत (कोरस)
स्वागत र प्रार्थना
भजनसंग्रहबाट पढाइ
प्रार्थना: प्रशंसा र धन्यवाद
प्रशंसा र धन्यवादको गीत (भजन)
वचनको लागि धर्मशास्त्रबाट पढाइ
वचन र छलफल
वचन-प्रतिक्रियाको गीत (भजन)
सुचना
प्रार्थना: अंतर्बिन्ति
अन्तिम प्रार्थना
दोस्रो ३० मिनेट
संगति
तेस्रो घण्टा
बाइबल अध्ययन